खोलामा डुबेर दुई बालकको मृत्यु

काठमाडौं, चैत ३१ । गुल्मीमा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । गुल्मीको मदाने गाउँपालिका– ३ सिर्सेनीमा खोलामा डुबेर दुई बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वडा नम्बर–१ अग्लुङका पाँच वर्षे सुमन विक र प्युठान गौमुखी गाउँपालिका– ५ खुँगका आठ वर्षे गोविन्द विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए ।

उनीहरुको बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा डुबेर मृत्यु भएको पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस्