नेपाल आइपुग्यो त्रिकोणात्मक सिरिज खेल्नका लागि मलेसियन टिम

काठमाडौं, चैत ३१ । त्रिकोणात्मक टी-२० सिरिज खेल्नका लागि मलेसियन टोली नेपाल आइपुगेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको उक्त सिरिज खेल्नका लागि टिम नेपाल आइपुगेको हो ।

मंगलबार आइपुगेको टोलीलाई क्यान पदाधिकारीले स्वागत गरेका थिए । त्रिकोणात्मक टी-२० सिरिज बैशाख ४ देखि ११ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

तीन एसोसियट राष्ट्र नेपाल, मलेसिया र नेदरल्यान्ड्सले यो सिरिज खेल्दैछन् ।डबल राउन्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने छन् ।

मलेसियाले बैशाख ५ मा नेदरल्यान्ड्स विरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्ने छ । लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्