देशले लकडाउन धान्न नसक्ने भन्दै अरु उपाय अवलम्बन गर्न सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं , चैत ३१ । भारतमा कोरोनाभाइरसको दोस्रो लहर आएसँगै नेपालमा पनि त्यसको असर देखिन थालेको छ। चैतमा देखिएका संक्रमितको तथ्यांकले नेपालमा पनि दोस्रो लहर आउनसक्ने संकेत गरेको हो ।

कोरोना भाइरसले विश्व नै आक्रान्त भइरहेका बेला फेरि नयाँ कोरोना भाइरसको दोस्रो लहरले भयावह बन्न सक्ने अवस्था आउने स्थिीती सिर्जना भएको छ । यसरी पछिल्लो समयमा कोरोनाको नयाँ भाइरस आएसँगै अहिले सरकारले रोकथामका लागि विभिन्न उपाय अपनाउन् सुझाव दिरहेको छ । स्वास्थ्यका मापदण्ड नअपनाए फेरि पनि देश लकडाउनमा नजाल भन्न सकिन्न ।

केहि दिन अघिमात्रै प्रधानमन्त्री ओलीले सावधानि नअपनाएको पहिलेको जस्तो अवस्था नआउन भन्न सकिन्न भन्ने संकेत दिएका छन् । आज मात्रै सरकारले देशका ठुला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यता नेपाली कांग्रेसले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउनबाहेकका अरु विकल्प खोज्न सरकारलाई आग्रह गरेको छ ।

कांग्रेसको कोभिड–१९ अनुगमन समितिले मंगलबार विज्ञप्ति जारी गरी देशले लकडाउन धान्न नसक्ने भन्दै महामारी नियन्त्रणका लागि अरु उपाय अवलम्बन गर्न आग्रह गरेको हो ।

‘यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ’ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले भनेका छन्, ‘कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्न समेत माग गर्दछौं ।’

सरकार उदासीन भएका कारण अहिले फेरि कोभिड—१९ को संक्रमण फैलन थालेको भन्दै कांषग्रेसले भविष्यमा अझ भयावह अवस्था आउने भएकाले बेलैमा सचेत हुन सरकारलाई आग्रह गरेको छ ।

कांग्रेसले गम्भीर विरामीहरु बढ्न सक्ने हुनाले आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति गर्न, अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सीमा नाकाबाट आउनेहरुलाई व्यवस्थित चेक जाँच र क्वारेन्टिनको व्यवस्था सुनिश्चित गर्न माग गरेको छ ।

सरकारले पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राखेको भन्दै कांग्रेसले तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न पनि आग्रह गरेको छ ।

त्यस्तै कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई पीसीआर परीक्षण दायरा व्यापक बनाउन, आम नागरिकमा खोप पु¥याउने कार्ययोजना बनाउन, स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन र अस्पतालमा स्वास्थ्यकर्मीको संख्या कम हुन नदिन पनि कांग्रेसले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्