विद्यालयमा भिषण आगलागी, २० बालबालिकाको मृत्यु

काठमाडौं, बैशाख १ । अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा मङ्गलबार लागेको भिषण आगलागीमा परेर झण्डै २० जना बालबालिकाको मृत्यु भएको छ ।

अग्नि नियन्त्रकहरुका अनुसार परालले छाएको विद्यालयका २१ वटा कक्षाकोठामा क्षति पुगेको छ । झण्डै २० जना बालबालिका तिनै कक्षाकोठामा थुनिएर आगोको चपेटामा परेका थिए ।

अग्नि नियन्त्रण विभागका कमान्डर सिडी मोहमदले उद्धारकर्ताहरुले आगो तत्कालै नियन्त्रणमा ल्याएको बताए । तर आगो निकै भयानक रहेकाले सबै बालबालिकालाई बचाउन सकिएन, उनीहरु भाग्न पनि सकेनन्, उनले भने ।

आगलागी शुरु हुँदा बालबालिका आआफ्ना कक्षाकोठामा पढिरहेका प्रत्यक्षदर्शीले बताएका छन् । यद्यपी, आगलागीको खास कारण थाहा हुन सकेको छैन ।फाइल तस्बि

प्रतिक्रिया दिनुहोस्