थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं , बैशाख १ । पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार ४ हजार २ सय ८९ जनाको परीक्षण गर्दा ६ सय ५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौं उपत्यकामा २५४ मा संक्रमण पुष्टि भएको छ । भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

४५१ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना र पीसीआर विधिबाट ५८० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यसमध्ये उपत्यकामा ८० जना आइसीयुमा रहेका छन् २५ जना भेन्टिलेटरमा रहेका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुनेका दर ९७।५ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्