भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन झण्डै २ लाखमा संक्रमण

काठमाडौँ, बैशाख २ । भारतमा कोरोना भाइरसको संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा थप ‍१ लाख ९९ हजार ५६९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।

यसअघि ९बुधबार० वैशाख १ मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै १ लाख ८५ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ४० लाख ७० हजार ८९० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड २४ लाख २६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १४ लाख ७१ हजार ५९२ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७३ हजार १५२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १०३७ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्