भारतमा कोरोना बढिरहेकाले अब सीमा नाकामा कडाइ गर्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौं , बैशाख २ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा बढिरहेको कोरोना भाइरसको कारणले सीमा नाकामा कडाइ गर्नु पर्ने बेला आएको बताएका छन् । मीनभवनमा मेरो कित्ता प्रणालीहरूको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘भारतमा कोरोनाका बढिरहेको छ। सीमा नाकालाई कडाइको साथ हेर्नुपर्छ। हामीले कोरोनाको भ्याक्सिन ल्याएका छौँ। लगाउने क्रममा पनि चलिरहेको छ। तर, हाम्रोमा हिजो ६ सयमा कोरोना देखिएको छ। त्यसलाई रोक्नको लागि सबैले साथ दिनुपर्छ।’

नेपालमा पछिल्लो समय कोरोना संक्रमित एकाएक बढिरहेका छन् । यसरी दिनकै बढ्न थालेपछि ओलीले यस्तो प्रतिक्रिया दिएका छन् ।साथै प्रधानमन्त्री ओलीले नेपाल क्षेत्रमा हरेक दिन एक पाइला अगाडि रहेको दाबी गरे।

अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रको रूपमा सिफारिस भइसकेको समेत बताए। २०३० भन्दा अगाडि नेपाल समृद्ध मुलुक भइसक्ने बताए।  काममा कसैले ढिलासुस्ती गर्ने कामलाई स्वीकार्य हुन नसक्ने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्