यस्ता छन् गर्मीमा लस्सी खानुका फाइदा

काठमाडौं , बैशाख २ । गर्मी शुरू भइसकेको छ । यो मौसममा चिसो खान मन लाग्छ । अझ लस्सी त मानिसहरूले खुबै रुचाएर खाने गर्छन् । यो पिउन पनि स्वादिलो हुन्छ अनि यसमा पोषक तत्त्वहरू पनि पाइन्छन् ।

लस्सी दहीबाट तयार पारिन्छ । दहीमा भिटामिन, क्याल्सियम, आइरन, प्रोटीन, म्याग्नेसियम, एन्टीअक्सिडेन्ट र एन्टीब्याक्टेरियल गुण हुन्छ ।

गर्मीयाम सुरु भएसँगै लस्सी खान धेरैले रुचाउने गर्दछन् । गर्मीमा लस्सी खाँदा स्वास्थ्यलाई पनि अनेक फाइदा हुने गर्दछ ।आज हामी लस्सी खानुका फाइदा बारे तपाइहरुलाई भन्न गइरहेका छौं ।

यस्ता छन् यसका फाइदा:

रक्तचाप नियन्त्रण

लस्सीमा भएका गुणका कारण रक्तचाप नियन्त्रणमा रहन्छ । उच्च रक्तचाप भएकाहरूले यसको सेवन गर्नु राम्रो हुन्छ ।

रोगप्रतिरोधक क्षमता बढाउन

दहीमा भएको प्रोबायोटिक गूड ब्याक्टेरियाले रोगप्रतिरोधक क्षमता बढाउँछ । मौसमी रुघाखोकी लाग्न यसले बचाउँछ । यसमा भएको जिंकले शारीरिक र मानसिक क्षमता वृद्धि गर्छ ।

तौल घटाउन

लस्सीमा क्यालोरी र फ्याट कमै हुन्छ । दिनदिनै एक गिलास लस्सी पिउँदा तौल नियन्त्रणमा रहन्छ । दिनभरि स्फुर्ति पनि आउँछ ।

एसिडिटी भगाउन

गर्मीमा मसला बेस्सरी हालेको अनि तेलमा चोपलिएको खानेकुरा खाँदा पाचनतन्त्रमा समस्या आउँछ । यसले एसिडिटी गराउँछ । त्यो समस्याबाट छुटकारा पाउन लस्सी सेवन राम्रो विकल्प हो ।

कब्जियत हटाउन

कब्जियतको समस्या भएकाहरूलाई दहीमा भएको गूड ब्याक्टेरिया लाभदायक हुन्छ ।

हाड बलियो बनाउन

दहीमा भएको क्याल्सियमले मांसपेशी र हाड बलियो बनाउँछ ।

कपाल स्वस्थ राख्न

दही पिउँदा कपाललाई जरैबाट पोषण प्राप्त हुन्छ । कपाल फुल्ने, चायाँ आउने लगायतका समस्या हटेर कपाल छिटो बढ्छन् । कपाल सुन्दर, घना, मुलायम र चम्किलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्