नयाँ वर्षको पहिलो दिन नै नेप्सेमा एतिहाँसिक रेकर्ड

काठमाडौं , बैशाख २। २०७८ सालको पहिलो दिन नै नेप्सेले एतिहाँसिक रेकर्ड बनाएको छ । नेप्से सुचक तथा कारोवार रकम दुबै नै यसदिन दुबै नै उच्च अंकले बढेकाछन् ।

नेप्से आज २० दसमलव ६७ अंकलले बढेर २७ सय ३५ दसमलव ४६ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि छ दसमलव १७ अंकले बढेर चार सय ९२ दसमलव ४४ बिन्दुमा चढेको छ । दु्ई सय १८ वटा कम्पनीहरुको ९५ हजार सात सय ३७ पटकको कारोवारमा एक करोड ९० लाख २० हजार पाँच सय २८ कित्ता सेयर किनबेच भएकाछन् । उक्त परिमाणामा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम आठ अर्ब ६३ करोड ६६ लाख ६८ हजार छ सय ५९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा ट्रेडिङ र जलबिद्युत समुहको सुचकहरु घटेकाछन भने बाँकी समुहको सुचकहरु उच्च अंकले बढेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २३ दसमलव चार अंकले बढेर १९ सय चार दसमलव छ बिन्दुमा चढेकोमा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि उच्च बिन्दुले बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको बेष्ट फाईनान्सको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर एक सय ८७ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको मल्टीपर्पोस फिनान्सको प्रतिकित्ता सेयर मुल्य तीन दसमलव ६७ प्रतिसतले घटेर दुई सय ३६ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको एनआईसी एशिया लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता १८ सय ६८ रुपैयाँमा ४९ करोड ८९ लाख ६३ हजार नौ सय ९८ रुपैयाँको कारोवार भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्