आईपीएलमा आज दिल्ली र राजस्थान भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं , बैशाख २ । आईपीएलमा आज दिल्ली र राजस्थान भिड्दै छन् । २०२१ मा बिहीवारको खेलमा दुई युवा विकेट किपर कप्तान आमने सामने हुने भएका छन् । मुम्बईको वाँखेडे मैदानमा आज साँझ ७स्४५ बजे शुरु हुने सो खेलमा राजस्थान रोयल्स आफ्नो मुख्य तथा अनुभवी खेलाडी बेन स्टोक्स बिनानै मैदानमा उत्रिने छ।

पहिलो खेलमा चोट बेहोरेका स्टोक्स आईपीएल २०२१ बाट बाहिरिएका छन् । पंजाबविरुद्धको खेलमा कप्तान सञ्जु स्यन्सनको उत्कृष्ट शतकीय पारिको बावजूद ४ रनले मार खाएको राजस्थान आज बद्लाको मनसाय लिएर मैदान प्रवेश गर्नेछ।

उता दिल्लीको कप्तानी सम्हालेका ऋषभ पन्तले आफ्नो पहिलो खेलमै चेन्नईविरुद्ध ७ विकेटको शानदार जीत निकाल्न सफल भएका थिए। केही वर्षअघि आफ्नो पहिचान गुमाइसकेको दिल्लीको टोलीले पछिल्लो समयमा आफूलाई युवा ब्याटिङ प्रतिभाको स्रोत बनाउन सफल भएको छ ।

दिल्लीले दक्षिण अफ्रीकी तेज गतिका बलर आनरिच नर्टयालाई भने आजको खेलको लागि पनि गुमाउने निश्चित रहेको छ। कोभिड(१९ को रिपोर्ट ढिला आउँदा आनरिचले आजको खेल खेल्न नपाउने भएका हुन् तर २०२० संस्करणका सर्वाधिक विकेट टेकर दक्षिण अफ्रीकी तेज बलर कागीसो रबाडा भने आजको खेलका लागि छनोटमा छन् ।

प्रतियोगिताको शुरुवाती दिनमै जोफरा आर्चरलाई गुमाएको राजस्थानलाई भने बेन स्टोक्सको कमीले अझै ठूलो प्रभाव पार्ने छ। सञ्जु स्यामसनको राजस्थान रोयल्सले ऋषभ पन्तको दिल्ली डियरडेभिल्स माथि आफ्नो पकड जमाउन पछिल्ला ५ खेलको नतिजालाई बिर्सेर नयाँ शुरुवात गर्नुपर्ने देखिन्छ। पछिल्ला ५ खेलहरु सबै दिल्लीको नाममा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्