थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जना संक्रमितको मृत्यु

काठमाडौं , बैशाख २ । पछिल्लो चौबीस घण्टामा ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएका छ । ४ हजार १५२ वटा नमूनाको परीक्षण गरिएकोमा ५३४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ ।

त्यस्तै चौबीस घण्टामा १५७ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा कोभिड १९ का कारण ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्