नेप्से २७ सय ३५ अंकमा, सातामा २३ अर्ब ३९ करोडको सेयर किनबेच

काठमाडौ , बैशाख ३ । यो साता नेप्से २७ सय ३५ दसमलव ४६ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ९२ दसमलव ४४ अंकमा पुगेको छ ।

नेप्सेमा यो साता दुई सय १८ वटा कम्पनीहरुको दुई लाख ५२ हजार सात सय ९० पटकको कारोवारमा चार करोड ७५ लाख ३३ हजार सात सय ४४ कित्ता सेयर खरिद बिक्री हुदा कुल कारोवार रकम २३ अर्ब ३९ करोड छ लाख ४७ हजार सात सय नौ रुपैयाँ पुगेको छ ।

यो कारोवार रकम गत साताको भन्दा कम हो । गत साता भने नेप्सेमा दुई सय १५ वटा कम्पनीहरुको तीन लाख ९३ हजार ४३ पटकको कारोवारमा आठ करोड एक लाख पाँच हजार तीन सय ७१ कित्ता सेयर खरिद बिक्री हुदा कुल कारोवार रकम ३७ अर्ब ६० करोड ५० लाख तीन हजार सात सय दुई रुपैयाँ पुगेको थियो ।

यो साता नेप्से तीन दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो र चौथौ दिन सार्वजनिक बिदा परेको थियो भने दोस्रो, तेस्रो र पाँचौं दिन नेप्से बढेको थियो । सो मध्ये दोस्रो दिन नेप्से १७ दसमलव दुई अंकले बढेर २६ सय ९१ दसमलव ५५ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ७८ अंकले बढेर चार सय ८० दसमलव २९ अंकमा पुगेको थियो ।

तेस्रो दिन पनि नेप्से २३ दसमलव २३ अंकले बढेर दुई हजार सात सय १४ दसमलव ७९ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव ९९ अंकले बढेर चार सय ८६ दसमलव २८ अंकमा पुगेको थियो । पाँचौं दिन भने नेप्से २० दसमलव ६७ अंकले बढेर दुई हजार सात सय ३५ दसमलव ४६ अंकमा पुग्दा सेन्सिटिभ पनि छ दसमलव १७ अंकले उकालो लागेर चार सय ९२ दसमलव ४४ अंकमा पुगेको थियो ।

यो साता नबिल बैंक, नेपाल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदिको बढी रकम कारोवार भएकाछन भने सेयर कारोवार भएको संख्याको आधारमा पनि यिनै कम्पनीहरु अगाडि परेकाछन् । बजार पुंजीकरणका आधारमा आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक आदि परेकाछन् ।

सेयर सुचीकरणतर्फ भने यो साता सिभिल, मञ्जुश्री फाईनान्स, शाईन रेसुंगा डेभलपमेन्ट बैंक आदिको बोनस सेयर नियमित कारोवारका लागि नेप्सेमा सुचीकृत भएकाछन् ।

प्रतिक्रिया दिनुहोस्