कोरोना संक्रमण देखिएका विद्यालय एक सता बन्द गर्न काठमाडौँ महानगरको आग्रह

काठमाडौं , बैशाख ३ । काठमाडौँ महानगरपालिकाले महानगर भित्रका विद्यालयका शिक्षक वा विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिए एक साता विद्यालय बन्द गर्न आग्रह गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले संक्रमण देखिए एक हप्तासम्म विद्यालय बन्द गर्न सकिने जनाएको छ। यस्तो अवस्थामा वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न गराउनु पनि महानगरले अनुरोध गरेको छ ।

कोरोना भाइरस संक्रमण नभएको अवस्थामा विद्यालयहरुले सामाजिक दूरी कायम गर्ने मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुने, सेनिटाइजरको प्रयोग गर्नेलगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विगतमा जारी गरिएको मापदण्डहरुको कडाइका साथ पालना गर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ ।

विज्ञप्तिमा भनिएको छ( कोरोना भाइरस संक्रमण नभएको अवस्थामा विद्यालयहरुले सामाजिक दूरी कायम गर्ने मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुने, सेनिटाइजरको प्रयोग गर्नेलगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विगतमा जारी गरिएको मापदण्डहरुको कडाइका साथ पालना गरी अभिभावकहरुको समेतको सहमतिमा विद्यालय संचालनगर्नु गराउनु हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्