प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, फोन गरेर प्रचण्डलाई पनि निम्ता

काठमाडौं, बैशाख ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारका लागि सर्वदलीय बैठक बोलाएका छन्। बैठक भोलि शनिबारका लागि बोलाएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले भोलि बिहान ११ बजे प्रधानमन्त्री निवासमै सर्वदलीय बैठक बोलाएको बताएको छ ।समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाकेको बुझीएको छ ।

साथै बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यता बैठकमा सहभागी हुन लागि ओली आफैंले फोन गरेर प्रचण्डलाई निम्ता समेत दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्