एमालेले फ्लोर क्रस गर्दा कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगियो

काठमाडौं, बैशाख ३ । नेकपा (एमाले)का सांसदले फ्लोर क्रस गर्दा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । उनीविरुद्धको अविश्वासको प्रस्ताव फेल भएपछि शाहीको प्रदेश सरकारले निरन्तरता पाउने भएको हो ।

३९ सदस्य रहेको कर्णाली प्रदेशसभामा विश्वासको मतका लागि २० मत आवश्यक थियो । एमाले माधवकुमार नेपाल समूहका चार सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीले अविश्वासको प्रस्तावलाई असफल बनाएका हुन् ।

कर्णाली प्रदेशसमा सभामुखसहित एमालेका २०, माओवादी केन्द्रका १२ र कांग्रेसका ६ र राप्रपाका एक गरी ३९ सांसद छन् । मुख्यमन्त्री शाहीलाई कांग्रेसका ६ र एमाले नेपाल समूहका चार सांसदले साथ दिएपछि अविश्वासको प्रस्ताव फेल भएको हो ।

अविश्वासको प्रस्तावको पक्षमा १५ सांसदले हस्ताक्षर गरे भने विपक्षमा माओवादी, कांग्रेस र एमाले नेपाल समूहका चार गरेर २२ सांसदले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्