भारतमा भयावह बन्दै कोरना , ८० हजार बालबालिका संक्रमित

काठमाडौँ, बैशाख ५ । भारतमा कोरोनाको दोस्रो लहरले महामारीको रुप लिएको छ । यस दोस्रो महामारीको चपेटामा युवा र बालबालिका परेका छन् ।

दोस्रो लहरमा कोरोनाको नयाँ भेरियन्टले युवा र बालबालिकालाई समातेको छ । गत मार्चदेखि अहिलेसम्म भारतमा ८० हजारभन्दा बढी बालबालिका संक्रमित भएका छन् । उता भारतको गुजरातको सुरतमा १४ दिनकी बालिकाको कोरोनाबाट निधन भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार महाराष्ट्र, उत्तर प्रदेश, दिल्ली, छत्तिसगढ र कर्नाटकामा अहिलेसम्म ७९ हजार ६८८ बालबालिका संक्रमित भएका छन् ।यसमा सबैभन्दा बढी महाराष्ट्रमा संक्रमित भएका छन् । अप्रिल चारसम्म महाराष्ट्रमा ६० हजार ६८४ बालबालिका संक्रमित भएका छन् जसमा ९ हजार ८८२ बालबालिका पाँच बर्ष मुनिका रहेका छन् ।

त्यस्तै छात्तिसगढमा अहिलेसम्म ५ हजार ९४० बालबालिका संक्रमित भएका छन्, जसमा ९२२ बालबालिका ५ बर्षभन्दा कम उमेरका रहेका छन् ।त्यस्तै भारतको उत्तरप्रदेशमा अहिलेसम्म ३ हजार ४ बालबालिका संक्रमित भएका छन्, जसमा ४७१ बालबालिकाको उमेर पाँच बर्षभन्दा कम रहेको छ ।

त्यस्तै कर्नाटकमा ठुलो संख्यामा बालबालिका संक्रमित भएका छन् । कर्नाटकामा पाँच बर्षभन्दा कम उमेरका ८७१ बालबालिका संक्रमित भएका छन् ।त्यस्तै दोस्रो लहर देखिएको राजधानी दिल्लीमा अहिलेसम्म २ हजार ७३३ बालबालिका संक्रमित भएका छन् भने पाँच बर्षभन्दा कम उमेरका ४४१ बालबालिका संक्रमित भएका छन् ।

यता अहिलेको नयाँ कोरोनाले बढि बालबालिकामा संक्रमण गरिरहेको छ ।यसको जोखिम नेपालमा पनि परेको छ ।

प्रतिक्रिया दिनुहोस्