आफू प्रधानमन्त्री पदका लागि लालायित छैन: देउवा

काठमाडौं, बैशाख ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन्।

आइतबार आफ्नो निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका हुन्। तर नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने समेत उनले बताए।

नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले उनको भनाइ रहेको थियो । बहुमतको सरकारसँग निउ नखोज्ने पनि सभापति देउवाले बताए। आफूहरु प्रधानमन्त्रीका लागि मरिमेटेर नलाग्ने पनि उनले बताए ।

सभापति देउवाले प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्री पदको लागि लालायित नरहेको स्पष्ट पारेका हुन् ।सभापति देउवाले वर्तमान राजनीति तरल अवस्थामा रहेको भन्दै स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको पनि उनले बताए ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने विश्वास पनि सभापति देउवाले व्यक्त गरे। प्छिल्लो समय नयाँ सरकार गठनका लागि कांग्रेस अग्रसर देखिएको छ ।
माओवादी, जसपा लगाएतका नेतासँग छलफललाई तिब्रता दिएको छ ।

साथै नयाँ सरकारबारे छलफल गर्न आज कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक पनि अहिले दिउँसो २ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्