कोरोनाको ’हट स्पट’ बन्दै बाँके, ८१ नमुना परीक्षण गर्दा ७५ जनामा संक्रमण

काठमाडौं , बैशाख ५ । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । छिमेकि देश भारतमा कोरोना संक्रमणले विभिन्न राज्यमा लकडाउन भइरहेको अवस्थामा नेपालमा पनि कोरोना संक्रमितको संख्या बढेको हो ।

खासगरी भारतसँग सीमा जोडिएको जिल्लाहरुमा कोरोना संक्रमण दर उच्च रहेको छ । बाँकेमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । विगत २४ घन्टामा बााकेको भेरी अस्पतालको प्रयोगशालामा ८१ नमुना परीक्षण गरिएकोमा ७५ जनामा संक्रमण पुष्टि भएको छ ।

यी नमुनाहरू स्वास प्रश्वाससम्बन्धि समस्या, ज्वरो वा अन्य लक्षणसहित अस्पतालमा आएका व्यक्तिहरूबाट चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिसमा गरिएकाले पोजेटिभिटी दर उच्च आएको बताएको छ ।

बाँकेमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । खासगरी भारतबाट फर्किएकाहरुमा कोरोना संक्रमण धेरै देखिएको छ ।

अस्पतालले घरबाट ननिस्कन, मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कामय गर्न तथा रुघाखोकी, ज्वरोका लक्षण देखापरेमा स्वएकान्तबास बस्नसमेत आग्रह गरेको छ । अन्य ठाउँ भन्दा बाँकेमा कोरोना संक्रमणकोदर दिनानुदिन बढि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्