भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं, बैशाख ५ ।  मोटरसाइकल दुर्घटना हुँदा  भक्तपुरमा चालकको मृत्यु भएको छ ।

चाँगुनारायण नगरपालिका–७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो ।

आफ्नो घर नजीक दुर्घटना भएर सोही मोटरसाइकलले थिचिएको अवस्थामा स्थानीयवासीले उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगेका थिए ।

तर उनको उपचारकै क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्