साताको पहिलो दिन ३५ अंकले घट्यो नेप्से , कारोबार रकम कति ?

काठमाडौ , बैशाख ५ । नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से ३५ दसमलव ८९ अंकले घटेर २६ सय ९९ दसमलव ५१ अंकमा झरेकोमा सेन्सिटिभ पनि छ दसमलव २९ अंकले घटेर चार सय ८६ दसमलव १६ अंकमा झरेको छ ।

दुई सय सात वटा कम्पनीहरुको ९३ हजार पाँच सय ६८ पटकको कारोवारमा एक करोड ९२ लाख ५८ हजार छ सय ५६ कित्ता सेयर किनबेच हुदा कुल सेयर कारोवार रकम आठ अर्ब ८० करोड १८ लाख तीन हजार दुई सय १५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सामुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले बढेपनि बाँकी समुहको सुचक भने उच्च अंकले घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३३ दसमलव २९ अंकले घटेर १८ सय ७० दसमलव ८६ बिन्दुमा झरेकोमा बिकास बैंक, जलबिद्युत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको महिला लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९३ प्रतिसतले बढेर १३ सय २८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको गुडविल फाईनान्सको प्रतिकित्ता सेयर मुल्य भने पाँच दसमलव नौं प्रतिसतले घटेर दुई सय ६१ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको एभरेष्ट बैंकको प्रतिकित्ता आठ सय ११ रुपैयाँ अन्तिम मुल्यमा ८७ करोड ६२ लाख ९९ हजार दुई सय ६८ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्