काठमाडौंबाट दैलेखमा गएको बस पल्टिँयो, ११ जना घाइते, २ को अवस्था गम्भीर

काठमाडौं, वैशाख ५ । दैलेखमा बस पल्टिँदा ११ जना घाइते भएका छन्। दैलेख-काठमाडौं चल्ने ना ७ खा ६९६३ नम्बरको रात्री बस दैलेखको गुराँस गाउँपालिका-४ गाईबान्ना भन्ने ठाउँ नजिकै पल्टिएको हो।

बसमा सवार २९ जनामध्ये ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब निरीक्षक अनुप श्रेष्ठले जानकारी दिए।

उनका अनुसार घाईतेमध्ये २ जनाको अवस्था गम्भीर छ। घाइतेहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ।

शनिबार बेलुका काठमाडौंबाट छुटेको उक्त बस आज दिउँसो करिब साढे १ बजेतिर उक्त ठाउँमा पल्टिएको हो। गाडी अनियन्त्रित भएर पल्टिएको डिएसपी श्रेष्ठले बताए।

बसका चालकलाई नियन्त्रणमा लिइएको छ।

 

प्रतिक्रिया दिनुहोस्