आज बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौं, बैशाख ५ । नेपाली काँग्रेसको आजका लागि बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

महाधिवेशन तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । तर बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको बुझीएको छ । अब बैठक सोमबार बस्ने कांग्रेसका एक नेताले जानकारी दिए ।

कार्यतालिका हेरफेरको विषयमा शीर्ष नेताहरुबीचाम मतभेद देखिएपछि बैठक स्थगित भएको एक केन्द्रीय सदस्यले जानकारी दिए । शीर्ष नेताहरुबीच सहमति हुन सकेन । जसका कारण तयारी नपुगेको भन्दै एकाएक बैठक स्थगीत हुन पुगेको हो ।

यस्तै चैत २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको कांग्रेस कसरी अघि बढ्नेमा अन्यौलमा देखिएको छ ।

सत्ता समिकरणका विषयमा समेत कसरी अघि बढ्ने भन्ने विषयमा शीर्ष नेताहरु एकमत छैनन् । अहिलेसम्म उनीहरुमा यसमा विषयमा अन्यौलता नै कायम छ ।

प्रतिक्रिया दिनुहोस्