बढ्यो खतरा , कोरोनाबाट आज थप ८ जनाको मृत्यु

काठमाडौं, बैशाख ५ । पछिल्लो केहि दिनयता नेपालमा दिनहुँजसो कोरोना संक्रमित र मृतकको संख्या बढिरहेको छ । जसका कारण दोस्रो लहरको कोरोनाले नेपालमा पनि खतरा बढाइरहेको देखिन्छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ जना पुगेको छ । यस्तै आज एक हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै मन्त्रालयले पाँच वर्ष मुनिका बालबालिकालाई कोरोना संक्रमणको जोखिम शून्य हुन्छ भन्ने एक चिकित्सकको भनाइप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पाँच वर्षमुनिका तीन हजार पाँच सय ६५ जना बालबालिका संक्रमित भइसकेका छन् । आज ५१ बालबालिका सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । हालसम्म पाँच वर्षमुनिका १० बालबालिकाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्