माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज , सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

काठमाडौँ, बैशाख ६ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।दिउँसो१ बजे पार्टी कार्यालय पेरिसडाँडाँमा बस्ने बैठकमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

यस्तै बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन फिर्ताबारे पनि निर्णय हुन सक्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन दबाब दिँदा पनि उनले अटेरी गरेकाले अब समर्थन फिर्ताबारे निर्णय लिने तयारी भएको साहले जनाए ।

नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागिरहे पनि प्रधानमन्त्री ओलीले एक औपचारिक कार्यक्रममा आफ्नो नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर देखाउन चुनौती दिएका थिए ।

यसअघि आइतबार प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्