७ जना नक्कली डाक्टर पक्राउ

काठमाडौं , बैशाख ६ । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली डाक्टर’लाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा.दिपेन्द्र गौतमसहित ७ जना छन् ।

पश्चिम रुकुम लगायतका ठाउँबाट ७ जना नक्कली डाक्टरलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले बताए ।

मेडिकल काउन्सिलको परीक्षामा सहभागी हुन उनीहरुले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

सीआईबीले यसअघि पनि ‘अपरेशन क्वाक’ सञ्चालन गरेर नक्कली चिकित्सकलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्