मलेसियाविरुद्ध नेपालको उत्कृष्ट बलिङ, ११० रनको लक्ष्य पायो

काठमाडौं , बैशाख ६ । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले १६.५ ओभरमा अल आउट हुदै १०९ रन बनाएको हो ।मलेसियाका लागि साएद अजिजले २७ रन बनाए भने शर्भिन मुनियान्डीले २० तथा शाफिक शरिफले १५ रन बनाए ।

मलेसियाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।त्यस्तै नेपाली बलर कारण केसीले ३ विकेट लिएका छन् । करणले ३ ओभरमा १७ रन दिएर ३ विकेट लिएका हुन् । त्यस्तै सन्दीप लामिछानेले २ विकेट लिए । सन्दीपले ३.५ ओभरमा २५ रन दिएर २ विकेट लिए ।

त्यस्तै सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र शाहाब आलमले एक एक विकेट लिए ।नेपालले जारी सिरिजमा पहिलो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो भने मलेसिया आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्