कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँचै जनामा कोरोना पुष्टि, फेसबुक माफर्त भने -‘जति सकिन्छ सतर्क रहनु होला’

काठमाडौं, वैशाख ६ । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो।

श्रेष्ठले आफूसहित परिवारका सदस्यहरूमा संक्रमण देखिएको फेसबुकमार्फत् जानकारी गराएका छन्।‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले भनेका छन्।

साथै उनले कोरोना लागेपछि सास्ती हुने उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला।’

केहि समय यता नेपालमा नयाँ प्रकारको कोरोनाभाइरस तिब्र गतिमा अगाडि बढिरहेको छ । यस कारण पनि सबै जनाले बेलैमा सजक र सर्तक रहन आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्