मुक्तिनाथ बिकास बैंकको नाफा एक अर्ब ५६ लाख

काठमाडौ, बैशाख ७ । मुक्तिनाथ बिकास बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ५६ लाख ३० हजार ९२ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ६७ करोड ६० लाख ३४ हजार तीन सय २६ रहेको थियो ।

हाल चुक्ता पुंजी चार अर्ब ८१ करोड १५ लाख ५० हजार आठ सय तीन रहेको बैकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा ७९ अर्ब ९० करोड ७१ लाख ४१ हजार चार सय ७५ निक्षेप संकलन गरी ६८ अर्ब ५७ करोड ८४ लाख ९२ हजार तीन सय ४६ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा एक अर्ब ८९ करोड ४७ लाख ८१ हजार आठ सय ५९ खुद व्याज आम्दानी गरेको बैंकको शुन्य दसमलव २१ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दसमलव ९२ प्रतिसतको स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने ८२ करोड ८७ लाख १९ हजार पाँच सय ३० रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ५७ अर्ब ३१ करोड आठ लाख ६२ हजार सात सय एक निक्षेप संकलन गरी ४७ अर्ब ६६ करोड नौ लाख चार हजार छ सय ११ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ६९ रकोड ४४ लाख ८८ हजार नौ सय १५ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव शुन्य नौ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दसमलव ५७ प्रतिसत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्