बाँकेमा ६ कर्मचारीलाई कोरोना पुष्टि , वडा कार्यालय बन्द

काठमाडौं , बैशाख ७ । बाँकेमा ६ कर्मचारीलाई कोरोना पुष्टि भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर-१ का ६ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।

८ जना कर्मचारी मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको छ ।

जोखिमलाई मध्यनजर राखेर परिस्थिति अनुकुल नभएसम्मका लागि वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।

अन्य दुई जना कर्मचारीको रिपोर्ट आउन भने बाँकी नै रहेको छ । संक्रमण पुष्टि भएका सबै जना कर्मचारी होमआइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्