लुम्बिनी अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं, बैशाख ७ । कोरोनाले नेपालमा भयावह स्थिति ल्याउने संकेत गरिरहेको छ । पछिल्लो पकट संक्रमण तथा मृत्युदर बढिरहेको छ । उता लुम्बिनी प्रादेशिक अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मङ्गलबार बुटवल उपमहानगर १३ कि ७१ वर्षीय महिलाको मृत्यु भएको छ भने सोही उपमहानगर ८ कि ६५ वर्षीय महिलाको सोमबार मृत्यु भएको अस्पतालले जारी गरेको सूचनामा जनाइएको छ ।

अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा पछिल्लो एक हप्तामा ६ जना संक्रमितको ज्यान गैसकेको छ । देशका विभन्न ठाउँमा कोरोनाले ज्यान गइरहेको छ भने संक्रमित पनि त्यतिकै फेला परिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्