नेपालद्वारा नेदरल्यान्ड्सलाई २०७ रनको लक्ष्य, भुर्तेल र ऐरीको अर्धशतक

काठमाडौँ , बैशाख ७ । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले नेदरल्यान्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै २०६ रन बनाएको हो ।नेपालका लागि कुशल भुर्तेलले सिरिजमा लगातार तेस्रो अर्धशतक बनाउदै ६२ रन बनाएर आउट भएका थिए ।

त्यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले आफ्नो क्यारियरको पहिलो टी(२० अर्धशतक बनाउदै ६० रन बनाएर आउट भएका थिए ।

त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए भने कुशल मल्लले ७ बलमा १८ रन बनाएका थिए । त्यस्तै सोमपाल कामीले १३ बलमा अविजित २१ रन बनाए भने, बिनोद भण्डारीले अविजित ७, करण केसीले १ र आसिफ सेख शुन्यमा आउट भएका थिए ।

त्यसैगरी नेदरल्यान्ड्सका बलर विवियन किन्ग्मा र पिइएटर सीलरले २-२ विकेट लिए भने बास डे लीड र आर्यन दत्तले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्