लगातार दुई दिन घटेको सेयर बजारमा झिनो वृद्धि, साढे ५ अर्बको कारोबार

काठमाडौं, बैशाख ७ । यो हप्ता लगातार दुई दिन घटेको नेप्से आज सामान्य अंकले बढेको छ। सोमबार भने सेयर बजार ३७.५८ अंकले घटेको थियो । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.६८ अंकले बढेर २६६४.६२ विन्दुमा कायम भएको छ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५० अंकले बढेर ४७९.६० विन्दुमा बन्द भएको छ।

नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ। सोमबार छ अर्ब ७५ करोड ९४ लाख रुपैयाँको कारोबार भएकोमा आज पाँच अर्ब ५३ करोड ८६ लाख १७ हजार रुपैयाँमा खुम्चिएको छ। आज २१६ वटा कम्पनीका एक करोड २३ लाख ६९ हजार ५०१ कित्ता सेयर ६५ हजार ७९३ पटक खरिद(बिक्री भएका थिए।

आज युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै १०.०० प्रतिशतका दरले कमाएका छन्। समृद्धि फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता २.४७ प्रतिशतका दरले गुमाएका छन्।

कारोबार रकमको आधारमा नागरिक लगानी कोष अगाडि रह्यो। कोषको सबैभन्दा धेरै २१ करोड ४२ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।

सङ्ख्याका आधारमा सबैभन्दा धेरै ग्लोबल आईएमई समुन्‍नत स्किम-१ को पाँच लाख ७८ हजार ३०० कित्ता सेयर कारोबार भएको छ। नेपाल इन्फ्रास्ट्रक्टर बैंकको सेयर सबैभन्दा धेरै चार हजार ४२२ पटक किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्