त्रिकोणात्मक सिरिजः नेपाल नेदरल्यान्डसँग ३ विकेटले पराजित

काठमाडौं, बैशाख ७ । त्रिकोणात्मक सिरिज अन्तर्गत मंगलबार नेदरल्याण्ड्ससंग भएको खेलमा नेपाल ३ विकेटले पराजित भएको छ ।

तीन देश सम्मिलित टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डले घरेलु टोली नेपालविरुद्ध तीन विकेटको जित हात गरेको हो ।त्रिवि मैदान कीर्तिपुरमा आज भएको खेलमा नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्यान्डले ३ बल बाँकी छँदै भेट्टायो ।

शृंखलाको पहिलो खेलमा नेदरल्याण्ड नेपालसँग ९ विकेटले पराजित भएको थियो।नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ दशमलव ३ ओभरमा ७ विकेट गुमाएर भेट्टायो। जितसँगै नेदरल्याण्डले आफ्नो टि–ट्वान्टी खेलमा सर्वाधिक ठूलो लक्ष्य भेट्टाएको हो।

नेपाल र नेदरल्याण्ड्स दुवैले फाइनलमा स्थान बनाउन अर्को खेलसम्म कुर्नुपर्ने भएको छ। नेपालले अन्तिम लिग खेल मलेसियासंग बिहीबार खेल्नेछ । दुई जितपछि नेदरल्याण्ड्सले पनि ३ खेलबाट ४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्