कोरोनाबाट ११ जनाको मृत्यु, १ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं , बैशाख ७ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या उच्च अंकले बढेको छ । आरटी-पीसीआर र एन्टिजेन परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप १ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालामा गरी ८ हजार ८५ जनाको आरटी(पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । यस्तै, ६ सय ८३ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १ हजार ६ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन परीक्षणका क्रममा ६९ जनामा कोरोना संक्रमणको संकेत देखिएको छ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या समेत बढेको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट गत २४ घण्टाको अवधिमा देशभर गरी ११ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ । ११ जनामध्ये ३ जनाको गत २४ घण्टाको अवधिमा मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

मंगलबार थपिएका समेत गरी नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८७ लाख ५ सय ६७ पुगेको छ । संक्रमण देखिएकामध्ये हालसम्म २ लाख ७५ हजार ५ सय ६७ जना संक्रमण मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा थपिएका ११ जनासहित हालसम्म कोरोना संक्रमणबाट ३ हजार १ सय २ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।  देशभर हाल ८ हजार ६ सय ५९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्