अजोड ईन्स्योरेन्स लिमिटेडको तेस्रो बार्षिक साधारण सभा सम्पन्न, संचालकमा पौडेल र सुवेदी निर्वाचित

काठमाडौं, ७ बैशाख । अजोड ईन्स्योरेन्स लिमिटेडको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएकोछ । यस कम्पनीले मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरि तस्रो वार्षिकोत्सव सम्पन्न गरेका हो । आज सम्पन्न भएको कम्पनीको तेस्रो बार्षिक साधारण सभाले निम्न उल्लेखित विषयका निर्णयहरु पारित गरेको छ ।
सभामा संचालक समितिको तर्फवाट अध्यक्षज्यूद्वारा प्रस्तुत आ.व. २०७६।०७७ को तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरि लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको आ.व. २०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरि सो लाई पारित गरेका छ ।
सभाले २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व.२०७७।०७८ को बाह्य लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्दै सर्वसाधारण शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्ने संचालकमा पानु दत्त पौडेल र सृजना सुवेदी र्निविरोध निर्वाचित गरेको छ । स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपालको नियुक्तिको अनुमोदन साधारणले गरेको छ ।

आफ्नो २०७७ फाल्गुण मसान्तसम्म प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरु, १० बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ । हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस तथा सोको कारण भएकोले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आ.व. २०७६/०७७ मा कुल बीमाशुल्क रु.८८४,३१७,२१८।– (अक्षरेपि अठासी करोड त्रिचालिस लाख सत्र हजार दूई सय अठार मात्र ) संकलन गरि खुद नाफा रु.४५,६३४,६७१।– (अक्षरेपि चार करोड छपन्न लाख चौतिस हजार छ सय एकहत्तर मात्र ) रहेको र बीमाकोषमा रु. ६२,३७२,६५२।– (अक्षरेपि छ करोड तेइस लाख बहत्तर हजार छ सय बाउन्न मात्र ) संचित रहेको र अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३.१३%, खुद नाफामा २४७.३९%, एवं बीमाकोषमा १०४.०८% ले वृद्धि हासिल गर्न सफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्