ह्वातै बढ्यो सुनको भाउ, कति पुग्यो आज तोलाको ?

काठमाडौं, बैशाख ८ । लगनको महिना नेपाली बजारमा आज सुनको भाउ ह्वातै बढेको छ । आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

हिजो तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि १३ सय रुपैयाँले बढेर तोलाको ९२ हजार रुपैयाँ पुगेको छ ।

कोरोना भाइरसको जोखिम बढेसँगै विश्वमा सुन चाँदीको भाउमा उतार चढाव आइरहेको छ । अन्य क्षेत्रमा भन्दा सुनमा लगानी सुरक्षित हुने भएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज तोलाको १३ सय १० रुपैयाँ पुगेको छ । लगनकै महिनामा सुनको भाउ बढेपनि किन्ने भने घटेका छैनन  ।

प्रतिक्रिया दिनुहोस्