सभामुखको मुद्दा ‘हेर्न नभ्याइने’ मा

काठमाडौं , बैशाख ८ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दालाई आज ९बुधबार० सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ मा राखेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको भए पनि अन्य मुद्दाको चापका कारण हेर्न नभ्याइएको हो ।

संवैधानिक इजलासमा राणाबाहेक न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् । द्वन्द्वकालमा भएको एक हत्यामा प्रमुख दोषी रहेको दाबी गर्दै सभामुख सापकोटाविरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो ।

माओवादी द्वन्द्वका बेला काभ्रेका अर्जुन लामा अपहरणपछि हत्या गरिएको घटनामा तत्कालनी माओवादी नेता सापकोटा प्रमुख दोषी रहेको दाबीसहित २०६८ सालमा सर्वोच्चमा मुद्दा हालिएको थियो ।

मुद्दाको प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले मुद्दा संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्