भारतको एक अस्पतालमा अक्सिजन ट्यांक लिक, ११ बिरामीको मृत्यु, ३५ को अवस्था नाजुक

काठमाडौं, बैशाख ८ । भारतमा एकातिर अक्सीजनको अभाव भइरहेको छ भने अर्कोतिर महाराष्ट्रको नासिकमा एउटा ठूलो घटना घटेको छ ।त्यहाँको जाकिर हुसेन अस्पतालमा अक्सीजनको ट्याङ्क लिक भएको छ ।

त्यसका कारण कारण त्यहाँ अवस्था अस्तव्यसत भएको छ । महाराष्ट्रको नासिकस्थित जाकिर हुसैन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा ११ जना बिरामीको मृत्यु भएको छ । अन्य ३५ जना बिरामीको अवस्था नाजुक रहेको महानगरपालिकाका आयुक्त कैलाश जाधवले पुष्टि गरेका छन् । यस कारण अक्सिजनको आपूर्ति ३० मिनेट रोकिएको छ ।

अक्सिजनको आपूर्ति रोकिएको बेला १७१ जना बिरामी अक्सिजनमा ६७ बिरामी भेन्टिलेटरमा थिए । अक्सिजन आपूर्ति रोकिँदा अस्पतालमा भागदौड मच्चिएको थियो । घटनाबारे अस्पतालका साथै जिल्ला प्रशासनले जाँच शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्