मंगलबार झिनो अंकले सुधारिएको नेप्से परिसूचक ३२ अंकले घट्यो

काठमाडौं , बैशाख ८ । मंगलबार झिनो अंकले सुधारिएको सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से एकै दिन ३१ अंक भन्दा बढीको घटेको छ ।

आज बुधबार नेप्से ३२ दसमलव ४१ अंकले घटेर २६ सय ३२ दसमलव २० बिन्दुमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि छ दसमलव २१ अंकले घटेर चार सय ७३ दसमलव ३९ बिन्दुमा झरेको छ ।

दुई सय १४ वटा कम्पनीहरुको ६६ हजार चार सय ८० पटकको कारोवारमा एक करोड ३७ लाख ८७ हजार दुई सय १८ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम पाँच अर्ब ७७ करोड २२ लाख ५१ हजार दुई सय तीन रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा सामुहिक लगानी कोष समुहको सामान्य अंकले बढेपनि बाँकी १२ वटा समुहको सुचक उच्च अंकले घटेकाछन् ।

सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २४ दसमलव ९२ अंकले घटेर १८ सय नौ दसमलव ७२ बिन्दुमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि २९ दसमलव ८२ अंकले घटेर २५ सय ६८ दसमलव १२ बिन्दुमा झरेको छ ।

यि बाहेक बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य र लगानी समुहको सुचकहरु पनि उच्च बिन्दुले घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९९ प्रतिसतले बढेर आठ सय २६ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको लिर्वर्टी इर्नर्जी कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच दसमलव १७ प्रतिसतले घटेर तीन सय ३० रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता पाँच सय ७२ रुपैयाँ अन्तिम मुल्यमा २५ करोड ३९ लाख सात हजार दुई सय ३९ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्