दोस्रो लहर डरलाग्दो : एकैदिन २३ सय ५१ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै १ हजार बढी

काठमाडौं , बैशाख ८ । नेपालमा पछिल्लो २४ घन्टामा थप २३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

८ हजार ८४४ जनाको पीसीआर र ८०३ जनाको एन्टिजेन परीक्षण गराउँदा २३ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पीसीआर परीक्षणबाट २२ सय २० जना र एन्टिजेन परीक्षणबाट ११ सय ३१ जनागरी २३ सय५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार १० हजार ५८२ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घन्टामा २८७ जना कोरोनामुक्त भएका छन्। बुधबार १८० जना आइसीयूमा र ४७ जना भेन्टिलेटरमा उपचारत छन्।

यस्तै कोरोना संक्रमित मध्ये काठमाडौं उपत्याकामा मात्रै ११ सय ५१ जना कोरोना संक्रमित थपिएका छन्। भक्तपुरमा ८४, ललितपुरमा १८१ र काठमाडौंमा ७८६ गरी १ हजार ५१ जनामा संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस्