पञ्चकन्या आधारभूत विद्यालयका ४७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं, ८ बैशाख । सिन्धुपाल्चोक ९इन्द्रावती० २ कुञ्चोक कुडारे स्थित श्री पञ्चकन्या आधारभूत विद्यालयका ४७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
एउटै पेशा र व्यवसाय क्षेत्रमा आवद्ध भएका युवाहरुद्धारा स्थापनाकालदेखि नै निरन्तर सामाजिक सेवामा लागेको मर्सील्याण्ड नेपाल, चावहिल काठमाडौको पहलमा आयोजित “सह यात्रा सँघ–संघै” मुल नाराका साथ सा–साना बालबालिकाहरूको शैक्षिक उन्नतीका लागि आवश्यक स्कुल पोषाक झोला, कापि, कलम र पेन्सिल सहितको शैक्षिक सामाग्री वितरण गरिएको हो ।
मकाउबाट हालै स्वदेश फर्कनु भई देशलाई र आफ्नो स्थानीय क्षेत्रलाई केहि गर्नु पर्छ भन्ने अभिलासाका साथ लामो समयदेखि सोही विद्यालयलाई सहयोग पु¥याउदै आउनु भएका स्थानीय समाजसेवी श्याम बहादुर गिरी साथै स्थानीय समाजसेवी हरि बहादुर गिरीको विशेष पहल तथा स्थानीय युवा समाजसेवी मेख बहादुर गिरीको सहयोगमा उक्त कार्यक्रम आयोजना गरीएको हो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष शिवलोचन पराजुलीले आर्थिक अवस्था कमजोर भएकाले कापी कलम किन्ने अवस्था नरहेका र पढ्ने मन हुँदाहुँदै आर्थिक अभावकै कारणले पठनपाठनबिचमै छोडने वाध्यता नहोस भन्ने उदेश्यले यस्तो सामाग्रस् हस्तान्तरण गरिएको बताए । यसले विद्यार्थीहरुलाई थोरै भने पनि राहत हुने उनले बताए । उनले हाम्रो यस अभियानमा हातेमालो गरेकोमा सहयोगी मनलाई धन्यवाद सहित आभार आभार प्रकट गरे ।
यो हामीले सकारात्मक सोँचका साथ चलाइएको शिक्षा अभियान हो, उनले भने, ‘आगामी दिनमा पनि बालबालिकालाई विभिन्न सहयोग निरन्तर रुपमा गर्ने सोचमा छौं ।’
शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष वीर बहादुर तामाङले यस्ता प्रकारका कार्यक्रमले साना बालबालिकाहरुको मस्तिकमा विद्यालय जाने बानीब्योहोरामा सकारात्मक सन्देश जाने र विद्यालय नियमीत आउने वातावरण सिर्जना हुने बताउनु भयो र अन्य विद्यालयमा समेत यस्ता कार्यक्रम आयोजना गर्न आग्रह गर्नुभयो ।
विद्यालयका अध्यक्ष सुरेन्द्र गिरीले आगामी दिनहरुमा समेत विद्यालयलाई सहयोग जारी राख्न आग्रह गर्नुभयो ।
संस्थाका सचिव नवराज आचार्यले संस्थाका गतिविधी बारे प्रकाश पार्दै संस्थाका आगामी कार्यक्रमको बारेमा समेत प्रकाश पारे ।
कार्यक्रममा वडा नं २ का वडा सदस्य शेर्पा गिरी स्थानीय समाजसेवी दीपक गिरी, मान बहादुर गिरीलगायत महानुभावहरुले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
सामाग्री हस्तान्तरण समारोहमा मर्सील्याण्ड नेपालका कोषाध्यक्ष ज्ञान बहादुर तितुङ सदस्य राम तितुङ ,टकराज घले अभिभावकहरु समाजसेवी लगायतको उल्लेखनीय उपस्थित थियोे ।
मर्सील्याण्ड नेपालले यस अभियानमा हालसम्म लगभग ५०० जना विद्यार्थीको शैक्षिक उन्नतीका लागि आवश्यक स्कुल झोला, कापि, कलम र पेन्सिल सहितको शैक्षिक सामाग्री सहयोग गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्