विशाल बजारको सेयर कारोबार झण्डै ३ महिनापछि फुकुवा भयो

काठमाडौं , बैशाख ८ । झण्डै ३ महिनापछि विशाल बजारको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज ३ महिनापछि कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।

विशाल बजारले लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन पेश नगरेपछि नेप्सेले माघ १८ गतेदेखि देखि दोस्रो बजारमा कारोबार रोक्का गरेको थियो।

अब बिहीबारदेखि विशाल बजार नियमित सेयर कारोबारका लागि खुला हुनेछ । विशाल बजारले वैशाख ३ गते पत्रमार्फत आव २०७३/७४ देखि आव २०७६/७७ सम्मको लेखा परीक्षण हुन बाँकी र चालु आव २०७७–७८ को पुस मसान्तसम्मको वित्तीय विवरण पेश गरेपछि सेयर कारोबार फुकुवा भएको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को व्यवस्था अनुसार सचीकृत कम्पनीले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ५ महिना भित्र नेप्सेलाई बुझाइसक्नुपर्छ । तर विशाल बजारसँग विवरण पठाउन माग गर्दासमेत विवरण नबुझएपछि नेप्सेले सेयर कारोबार रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्