ओलीको कारवाही रोक्न सर्वोच्च पुगेको नेपाल-खनाल समूहको रिट निवदेन दर्ता भएन

काठमाडौं , बैशाख ८ । ओलीको कारवाही रोक्न सर्वोच्च पुगेको नेपाल-खनाल समूहको रिट निवदेन दर्ता भएन, नेकपा एमालेको असन्तुष्ट समूहले रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको छ।

वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले आफ्नो समूहका सांसदलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान विपरीत स्पष्टीकरण सोधेको भन्दै निवेदन दिएको हो। अदालतमा रिट निवेदन दिएको भए पनि दर्ता भने भएको छैन।

निवेदकले भोलि दर्ता हुने बताए। नेपाल-खनाल समूहका तर्फबाट अधिवक्ताद्वय गोविन्द वन्दी र टिकाराम भट्टराई निवेदन दर्ताका लागि अदालत पुगेका थिए। वन्दीले आज रिट निवेदन दर्ता हुन नसकेको बताए।

ुओलीले मंगलवार कर्णाली प्रदेशका ५ जना, संघका २७ जना गरी ३२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए। नेपाल समूहका सांसदको मंगलवारको भेलाले अदालत जाने निर्णय गरेको थियो।

नेपाल-खनाल समूहले २७ जना सांसदलाई सोधिएको स्पष्टीकरण पार्टी विधान विपरीत भएको दाबी गरेको छ। समानान्तर गतिविधि गरेकै आधारमा कारवाही गर्न नमिल्ने नेपाल खनाल समुहको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्