तीव्र शक्ति संघर्ष चर्किरहेका बेला ओली-नेपालबीच भेटवार्ता, यसरी बन्यो भेटघाट हुने माहोल

काठमाडौं , बैशाख ८ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलमा अध्यक्ष ओली, नेपालबीच भेटवार्ता भएको हो । भेटमा एमाले नेता विष्णु पौडेल पनि सहभागी थिए ।

नेताहरुबीच करिब २ घण्टा भेटवार्ता भएको छ । नागपोखरी स्थित होटल मेरियटमा कोठा नं ९०१ मा दुइ नेताहरूविच भेटघाट भएको थियो ।भेटमा दुई शीर्ष नेताबीचको सो वार्ता सकारात्मक भएको बुझीएको छ ।

आजजको भेटले फूटको डिलमा पुगेको एमाले नयाँ शिराबाट अघि बढने अपेक्षा कार्यकर्ताहरूले गरेका छन् । दुबै नेता प्रफूल्ल भएर छुट्टिएको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले जानकारी दिए ।

सत्तारुढ नेकपा–एमालेभित्र अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षबीच तीव्र शक्ति संघर्ष चर्किरहेका बेला बुधबार दुई शीर्ष नेताबीच नै भेटवार्ता भएको हो।

सर्वोच्च अदालतले नेकपा विघटन गरी एमाले ब्युँताएपछि पार्टी भित्रको ओली पक्ष र नेपाल नेतृत्वको समूहबीच तीक्तता झन् बढेपछि आपसमा छलफल तथा भेटघाट समेत बन्द थियो।

प्रतिक्रिया दिनुहोस्