यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौँ, बैशाख ९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको जानकारी दिएको छ ।

महाशाखाका अनुसार हाल मौसमको अवस्था देशको प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आशिक देखि सामान्य बदली रहेको छ ।

त्यस्तै आगामी २४ घण्टामा प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरीसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

२०७८ बैशाख ९ गते (बिहीबार)

दिउँसो: देशभर आँशिक देखि सामान्य बदली रही  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश  र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरीसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ ।

राती: देशभर पहाडी भू-भागहरुमा आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरीसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ बैशाख १० गते (शुक्रबार)

दिउँसोः देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आशिक देखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरीसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भूभागहरुमा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आँशिक बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरीसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ बैशाख ११ गते (शनिबार) 

बिहान:  देशभर आँशिक देखि सामान्य बदली रही बागमती प्रदेश , सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरीसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

राति: देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ ।

प्रतिक्रिया दिनुहोस्