आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ , बैशाख ९ । नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ । बुधबारको तुलनामा आज छापावाल सुन तोलामा २०० रूपैयाँले वृद्धि भइ ९२ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ९१ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज २५ रूपैयाँले बढेर १३३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पछिल्लो समय सुनकोृ मुल्यमा बृद्धि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्