४३ किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली, बैशाख ९ । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ ।

हरिहरपूरगढी गाउँपालिका १ बागमती खोला नजिकबाट मंगलबार राती विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले गाँजा सहित चारजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हहिरपुरगढी गाउँपालिका १ गुरुजिडाडाँका ३४ वर्षका अनिल भन्ने आशामान मोक्ताङ्ग, सोहि ठाउँका का ४८ वर्षीय गंगे बहादुर भोलन, वडा नम्बर २ का २९ वर्षीय माइला भन्ने पुर्णमान वन्जन सोहि स्थानका ४३ वर्षीय शिलाराम भन्ने सानु बहादुर बन्जन रहेका छन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोजकुमार लामाले दिएको जानकारी अनुसार प्लाष्टिकमा प्याक गरि मोटासाइकलमा ल्याउँदै गरेको अवस्थामा गाँजा फेला पारेको हो ।

सिन्धुलीतर्फ आउँदै गरेको बा२५ प४०७५ र बा ८८ प ७८९ नम्बरको दुईवटा मोटसाइकलमा आएका ४ जनालाई गाँजा सहित पक्राउ गरिएको लामाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्