नेपाल–खनालसहित १५ नेताको निष्कर्ष: पार्टी विसर्जनको डिलमा पुग्यो

 

काठमाडौं , बैशाख ९ ।  नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले एक अपिल सार्वजनिक गर्दै नेकपा एमाले पार्टी विभाजन र विसर्जनको डिलमा पुगेको औंल्याएका छन् ।
७२ औं पार्टी स्थापना दिवसका सन्दर्भमा एकताको अपिल गर्दै उनीहरुले पार्टी बचाउन पहल गर्न आग्रह गरेका हुन् ।

‘एमालेको एकता जोगाउन सकियो भने नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ । यही अठोटका साथ ७२ वर्षको मिहेनतले निर्माण भएको कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्न सबैले आ–आफ्नो ठाउँबाट प्रयास गरौं । पार्टी स्थापना दिवसको सन्दर्भमा कम्युनिष्ट पार्टीका आम नेता तथा कार्यकर्ता र समर्थक शुभचिन्तक सबैमा हामी यही हार्दिक अपिल गर्दछौं’, उनीहरुले भनेका छन् ।

हिजो ९बुधबार० मात्र अध्यक्ष ओली र नेपालबीच लामो संवादहीनता तोड्दै पार्टी समस्याका विषयमा भेटवार्ता भएको थियो । आज पनि उनीहरुबीच भेटवार्ता सुरु भइसेकेको छ ।

 

२७ सांसदले बुझाए ओलीलाई स्पष्टीकरणको जवाफ

माधवकुमार नेपाल पक्षीय २७ जना सांसदले ओलीलाई स्ष्टीकरणको जवाफ बुझाएका छन्। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ उनीहरुले बुझाएका हुन् ।

नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरवार पुगेर उनीहरुले स्पष्टीकरणको जवाफ बुझाएको एमाले सांसद जीवनराम श्रेष्ठले जानकारी दिए। ओलीले ३ दिनको अल्टिमेटम दिएर मंगलवार बरिष्ठ नेता माधवकुमारा नेपाल र झलनाथ खनाल समूहका समूहका २७ जना संघीय सांसदलाई स्पष्टीकरण सोधेका थिए। ब्यक्तिगत रुपमा जवाफ माग गरिएकाले व्यक्तिगत रुपमै पत्र बुझाएको श्रेष्ठले बताए।

एमालेको विधान विपरीत क्रियाकलाप गरेको भन्दै ओलीले सांसद पदबाट किन नहटाउने भन्दै केन्द्रका २७ र कर्णाली प्रदेशका ५ गरी ३२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए। उक्त स्पष्टीकरण पार्टीको विधान विपरीत भएको भन्दै नेपाल समूह सर्वोच्च अदालतमा गएको भए पनि निवेदन भने हालसम्म दर्ता भएको छैन। यता नेपालसहितका १५ जना नेताले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजनको दिशामा लगेको भन्दै आफुहरुले त्यसलाई रोक्ने विभाजनबाट रोक्न चाहेको बताएका छन् ।

पार्टी स्थापना दिवसका अवसरमा माधव नेपाल, झलनाथ खनालसहितका १५ नेताहरुले सामुहिक रुपमा अपिल जारी गर्दै अध्यक्ष केपी ओलीले नेकपा एमालेलार्ई विभाजन, विघटन हुदै कम्युनिष्ट आन्दोलनकै विसर्जनतिर लगेकाले त्यसको सामना गर्दै पार्टी एकताको पक्षमा उभिएको दावी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्