प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच छलफल सुरु, सुरक्षा व्यवस्था कडा

काठमाडौं, बैशाख ९ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालीबीच छलफल सुरु भएको छ।

नक्सालस्थित मेरियट होटलमा दुवै नेता एक्लाएक्लै वार्तामा छन्। वार्तास्थल नागपोखरीस्थित होटल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

विहीवार ओली र नेपालबिच दुई घण्टा कुराकानी भए पनि कुनै निष्कर्ष निस्किएन । आज बिहान बल्खुस्थित पार्टी कार्यालयको शिलान्यास गर्न ओलीले नेपाललाई आग्रह गरेको भए पनि नेपालले भने अस्वीकार गरेका थिए ।

हिजोको वार्तामा नेपालले नेकपा एमाले २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने अडान राखे पनि ओलीले पुरानै ठाउँमा फर्कन नसकिने भन्दै उनको प्रस्ताव अस्वीकार गरेका थिए ।

पछिल्लो समय एमालेभित्र दुई धारमा अन्तरद्वन्द्व चर्किँदै गर्दा दुई नेताबिचको कुराकानीले कार्यकर्तामा सकारात्मक सन्देश गएको छ।

 

प्रतिक्रिया दिनुहोस्