कोरोनाविरुद्ध लड्न भारतले नेपाललाई दियो भेन्टिलेटरसहितको ३९ एम्बुलेन्स

काठमाडौँ, बैशाख ९ । यति बेला विश्व नै कोरोनासँग लडिरहेको छ । विभिन्न चुनौतीसँगै यो महामारीको भाइसरसंग जुधिरहेका छन् विभिन्न देशहरु , यस मध्य एउटा देश हो नेपाल । कोरोनाको दास्रो लहरले अहिले नेपालमा पनि जोखि बढेको छ । यता यसमा लड्नका लागि भारतले नेपाललाई विभिन्न स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ ।

बिहीबार भारत सरकारले कोरोना महामारीविरूद्ध लड्नका लागि ३९ वटा एम्बुलेन्स, भेन्टिलेटर, ईसीजी, अक्सिजन मोनिटर र अन्य आपतकालीन चिकित्सा उपकरणहरु सरकार र गैरसरकारी संस्थाहरुलाई उपहार स्वरूप प्रदान गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

त्यस्तै दूतावासले ६ वटा स्कूल बसहरू पनि सहयोग गरेको छ । दूतावासले विद्यार्थीहरूको सहज पहुँचका लागि स्कूल बसहरु सहयोगी बन्ने विश्वास व्यक्त गरेको छ । यसअघि पनि भारतले नेपाललाई स्वास्थ्य उपकरणहरु सहयोग गरेको थियो । छिमेकी देश भारतमा पनि कोरोनाले दिनकै नयाँ रेकर्ड कायम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्